५ लाख मूल्य पर्ने एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा, यस्ता छन् चाडपर्व विशेष अफर

२ बर्ष अगाडि

काठमाडौं, रेभिट ब्रान्डको एड्भेन्चर ह्विल्स  मोटरसाइकल लन्च भएको छ ।  नेपाली बजारमा सबैभन्दा पहिले काठमाडौंमा मोटरसाइकल लन्च हुने ट्रेन्डलाई परिवर्तन गर्दै  पोखरामा उक्त मोटरसाइकल लन्च भएको छ । मोटरसाइकलको मूल्य ५ लाख रुपैयाँ भए पनि हाल चाडपर्व अफरको रुपमा ५० हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ ।

चाडपर्व अफरको रुपमा आगामी छठ सम्म यो छुट उपलब्ध हुने बताइएको छ । पोखरा आसपास क्षेत्रमा धेरै एड्भेन्चर डेस्टिनेसन भएकाले एड्भेन्चर ह्विल्सले पहिले देखि नै यस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ ।

करिव २ लाख रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध हुने र बाँकी रकम किस्ताबन्दीमा फाइनान्समार्फत तिर्न सकिने सुविधा उपलब्ध छ । मोटरसाइकलमा ३ वर्ष सम्मको वारेन्टी उपलब्ध भएको र ड्युरेबल मोटरसाइकल समेत भएकाले यो युवाहरुका लागि आकर्षक बन्ने कम्पनीको भनाइ छ ।

यो मोटरसाइकलमा २५० सीसीको इन्जिन छ, जसले २५ बीएचपी पावर र २२।५ एनएम टर्क जेनेरेट गर्छ । १०.५ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलले ३० देखि ३५ किलोमिटर सम्मको माइलेज दिने बताइएको छ ।

मोटार्ड र डर्ट गरी दुई टायर अप्सनमा उपलब्ध सो मोटरसाइकल रेड र ह्वाइट गरी दुई कलर अप्सनमा उपलब्ध हुनेछ ।

हाल यो मोटरसाइकल पोखरामा मात्र बिक्रीका लागि उपलब्ध छ । पहिलो र दोस्रो चरणमा नेपाली बजारमा लागि ल्याइएका सबै मोटरसाइकलको स्टक सकिन लागेको र आगामी छठ पश्चात मात्र काठमाडौं, इटहरी, चितवन र बुटवलमा बिक्रीका लागि उपलब्ध गराइने एड्भेन्चर ह्विल्सको भनाइ छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया