यामाहाको महा एक्सचेन्ज मेला हुदैँ, ४ तोला गोल्डेन एस साथै विभिन्न अफर

२ बर्ष अगाडि

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा यामाहा महा एक्सचेन्ज मेला हुने भएको छ । आगामी असोज असोज ८ शुक्रबार देखि असोज १५ गते सम्म उक्त महा एक्सचजेन्ज मेला हुनेछ । 

महा एक्सचेन्ज मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरलाई बजार मूल्यांकन भन्दा थप १० हजार रुपैयाँ भ्यालुएसन गरिने र नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिने छ ।

यसरी मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा यामाहाले हाल चाडपर्वको अवसरमा ल्याएको ‘रेस फर दी एस’ अफर अन्तर्गतका सुविधा समेत प्राप्त गर्नेछन् । यस अनुसार प्रत्येक दिन गोल्ड क्वाइन जित्ने सम्भावना हुनेछ । नयाँ मोटरसाइकल वा स्कुटरका लागि ८ हजार देखि १० हजार रुपैयाँ सम्म स्योर सट छुट प्राप्त हुनेछ ।

त्यसैगरी प्रत्येक हप्ता एक जना विजेताले ४ तोला गोल्डेन एस अर्थात एक्का तास पाउने छन् भने बम्परमा एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।

मोटरसाइकल वा स्कुटरका लागि आवश्यक एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने मेलामा आएका कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटरलाई निःशुल्क चेकअप र वास गरिने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया