बैंकले दिने ब्याज घटाए, सबैले १० प्रतिशतभन्दा कम दिने (कुन बैंकको ब्याज कति)

२ बर्ष अगाडि

वाणिज्य बैंकहरुले निक्षेपको ब्याज घटाएर १० प्रतिssशत भन्दा थोरै कायम गरेका छन् । कात्तिक १ गतेबाट लागू भएको निक्षेपको ब्याज दर नेपाल राष्ट्रबैंकले उल्टाइदिएर नयाँ ब्याजदरको सीमा तोकिदिएपछि बुधबार बैंकहरुले ब्याजदर घटाएका हुन् । 

मंगलबार बैंकहरुले तोकेको ब्याजदर घटाइदिएको राष्ट्र बैंकले बुधबार बाणिज्य बैंकहरुलाई अधिकतम ९.३ प्रतिशत र सीडी रेसियो ९० प्रतिशत नाघेका बैंकहरुले ९.३६ प्रतिशतसम्म ब्याज दिन पाउने गरि तोकिदिएको थियो । त्यसपछि अधिकांस बैंकले कात्तिक १ गते तय गरेको ब्याजदर घटाएर ९.३६ प्रतिशत ब्याज निर्धारण गरेका छन्। 

जस अनुसार पहिला सबैभन्दा धेरै ११.१ प्रतिशत ब्याजदर तोकेको एनआइसी एसियाले ९.३६ प्रतिशत मात्र दिने गरी नयाँ ब्याजदर निर्धारण गरेको छ । त्यस्तै पहिला ब्याज दर ११.६७ प्रतिशत दिने भनेको हिमालयन बैंकले पनि घटाएर ९.३६ नै कायम गरेको छ । 

बुधबार रातीसम्म प्रकाशित नयाँ व्याजदर अनुसार एनआईसी एसीया, हिमालयन, सिद्धार्थ, नबिल, एमरेष्ट, माछापुछ्रे, बैंक अफ काठमाडाण्डू, सेञ्चुरी कमर्सियल, नेपाल बंगलादेश, नेपाल एसबीआई, प्राईम, ग्लोबल आईएमई, एनएमबी, कुमारी, मेगा र एनसीसी बैंकले ३ महिने मुद्धती निक्षेपमा ९.३६ प्रतिशत व्याज दिने भएका छन् । 

त्यस्तै नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी बैंकले ९.३५ प्रतिशत, सनराईज र सानिमाले ९.६ प्रतिशत, कृषि विकास बैंकले ८.८५ प्रतिशत, प्रभु बैंकले ८.५७ प्रतिशत ब्याजरद निर्धारण गरेका छन् । राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंकले ८.३६ प्रतिशत र सिटिजन्स बैंकले ८.८ प्रतिशत अधिकतम ब्याज दिने गरी निर्धारण गरेका छन् । 

बैंकहरुले निर्धारण गरेको ब्याजदरले अस्वस्थ प्रतिस्पर्धा निम्त्याउनुका साथै अन्य लगानीमा असर पर्ने भन्दै आलोचना बढेपछि राष्ट्र बैंकले तीनबुँदे निर्देशन जारी गरेको थियो । जमा मंगलबार साँझ ब्याज दर अघिल्लो महिनाको भन्दा १० प्रतिशत तलमाथि मात्र गर्न पाइने, ब्यक्तिगतको भन्दा संस्थागतको १ प्रतिशत बिन्दु बढि ब्याज हुनु पर्ने र कात्तिकका लागि घोषणा गरिएको ब्याज खारेज गरेर असोजको ब्याजका आधारमा १० प्रतिशत तलमाथि गर्न पाइने निर्देशन गरेको थियो । 

बुधबारसम्मका लागि समय दिएर निर्देशन जारी गरेपनि बैंकहरुले नयाँ ब्याजदर निर्धारण नगरेपछि बुधबार गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र, ढकाललगायतलको बैंठकले  बाणिज्य बैंकहरुलाई अधिकतम ९.३ प्रतिशत र सीडी रेसियो ९० प्रतिशत नाघेका बैंकहरुले ९.३६ प्रतिशतसम्म ब्याज दिन पाउने गरि तोकिदिएको थियो । 

बुधबार बिहानैबाट सक्रिय रहेका राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकालले बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आफैले फोन गरेर ब्याज दर तोकिदिएका थिए। विकास बैंकतर्फ भने संघका अध्यक्ष प्रद्युमन पोखरेलसँग फोनमै कुराकानी गरेर दर तोकिदिएका थिए। फाइनान्सको भने संघका अध्यक्ष सरोजकाजी तुलाधरलगायतलाई डाकेर दर तोकिदिएका थिए।

यसअघि ब्याज दरमा भद्र सहमति गराउँदै आएको राष्ट्र बैंकले यसपाली आँफैले अधिकतम ब्याज दर तोकिदिएको हो। 

२ बर्ष अगाडि

प्रतिक्रिया