बोलेरो दुर्घटना हुँदा प्रधानाध्यापकको मृत्यु

२ बर्ष अगाडि

काठमाडौं - जिल्लाको भुम्लु गाउँपालिका–५ मा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चौरीदेउराली गाउँपालिका–४ का स्थानीय एवं सोही वडामा रहेको सरस्वती माध्यमिक विद्यालय, छेडाका प्रधानाध्यापक ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको हो 

 जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले दोलालघाट हुँदै चौरीदेउरालीतर्फ कुखुराको दाना बोकेर जाँदै गरेको बा २१ च ९२१० नम्बरको बोलेरो भुम्लु गाउँपालिका–५ जामुने खोलामा दुर्घटना भएको जानकारी दिए ।  

उनका अनुसार बोलेरो सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया