हुन्डी कारोबारमा संलग्न एक जना पक्राउ, ८० लाख रूपैयाँ बरामद

२ बर्ष अगाडि

काठमाडौं - नेपाल प्रहरीले हुन्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट ८० लाख रूपैयाँ सहित कोटेश्वर बस्ने बाग्लुङका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई बुधबार राति पक्राउ गरेको हो ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ सहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा मगरको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको प्रहरीले जनाउको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया