आज फेरी घट्यो सेयर बजार, कारोबार पनि न्यून

२ बर्ष अगाडि

बुधबार  ७० अंक भन्दा धेरैले सुधार भएको नेप्से सूचक बिहीबार फेरी घटेको छ । बिहीबार नेप्से परिसूचक १४.७० ले घटेर २५५६.९६ अंकमा झरेको हो।

नेपाल राष्ट्र बैंकले ब्याजदरमा लगाएको अंकुससँगै सेयर बजार सकारात्मक बन्ने लगानीकर्ताको आशा टिक्न सकेको छैन । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै एक पटकमा १० प्रतिशतका दरले मात्रै ब्याजदर बढाउन पाउने निर्देशनले बुधबार नेप्से सूचक ७० अंक भन्दा धेरैले सुधार बिहीबार भने उक्त कदमले बिहीबार काम गरेन । 

बिहीबार नेप्से सूचक पटकपटक तलमाथि गरिरह्यो । बजारले माथि जाने पटकपटक   प्रयास गरेको छ । तर टिकिहाल्न पनि सकेको छैन ।  
 
अहिलेको सबैभन्दा ठूलो समस्या भनेको ऋणयोग्य पुँजीको अभाव भएकोले पछिल्लो समय तरलता अभाव हुँदा निक्षेप बढाउन बैंकहरूले निक्षेपको ब्याजदर बढाइरहेका छन्। जसका कारण सेयर बजारमा प्रभाव परेको छ । 

आज २१६ कम्पनीका ६१ लाख ६ हजार ४ सय ५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४ सय ६० रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार घटेको दिन आज अन्य समूह २१।९१ र म्युचुअल फण्ड ०।०६ अंकले बढे पनि बाँकी समूह भने राताम्मे भएका छन् । 

आज सबैभन्दा बढी मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशत नाफा कमाएका छन्  भने जोशी हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ५।८७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज सानिमा बैंकको उच्च कारोबार भएको छ । सानिमाको २७ करोड १२ लाख ९७ हजार ६ सय ९।८० रुपियाँ बराबरको कारोबार भएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया