आकर्षक डिजाइन सहित पल्सर २५० मोटरसाइकल छिट्टै नै सार्वजनिक हुँदै, कति होला बजारमूल्य ?

२ बर्ष अगाडि

काठमाडौं, बजाज पल्सरले २५० सीसीको पल्सर नेकेड भर्सन सार्वजनिक गर्ने भएको छ । लामो समय प्रतिक्षा गरिएको यो बाइक अगामी अक्टुबर २८ तारिकमा भारतीय बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार पल्सरको २५० बाइक सेग्मेन्टकै पहिलो हो । नयाँ पल्सर २५० आगामी अक्टोबर २८ देखि भारतीय बजारमा बिक्रीका लागि उपलब्ध हुने जनाइएको छ ।

यो मोडलको आधिकारिक टिजर सार्वजनिक भएको छ जसमा नयाँ पल्सर २५० को एक्सटेरियर डिजाइन देखाइएको छ । यसबाट पल्सर लाइनमा यो प्रमुख मोडल बन्ने अनुमान समेत गरिएको छ ।

आकर्षक लुक र पावरफुल इन्जिनयुक्त नयाँ पल्सर २५० बाइकको एक्सटेरियर डिजाइनका साथ बाइकको केही प्रमुख फिचर समेत बाहिर आएको छ ।

अहिले बजारमा होन्डा,यामाहा,बेनेली,सुजुकी,केटिएम,डोमिनार लगाएतका २५० सीसी क्षमताका मोटरसाइकलले चर्चा कमाएका छन । नेपाली बजारमा पनि ठूला दुईपाँग्रे विक्रेता कम्पनीले २५० सेग्मेन्टका मोटरसाइकललाई मुख्य प्राथामितामा राखेका छन ।

भारतपछि नेपाल पल्सर २५० का लागि दोस्रो बजार रहेको पल्सर बाइकको नेपालका लागि अधिकारिक वितरक गोल्छा समुह बताउँदै आएको छ ।

पल्सर २५० बाइक बजारमा तहल्का मच्याइरहेको २२० एफ मोडलले जस्तै सेमी फेयडी डिजाइनमा रहेको छ । यसमा नयाँ पल्सर २५० को इन्जिन लेआउट पनि देखाइएको छ ।

बाइकमा सिंगल सिलिन्डर आयलकुल्ड इन्जिन दिइएको छ । सो इन्जिन पल्सर २२० एफ मोटरसाइकलमा उपलब्ध पावरट्रेनको रिबोर भर्सन हुन सक्ने अनुमान गरिएको छ ।

इन्जिनले करिव २६ पीएसको पावर र २२ एनएमको टर्क जेनेरेट गर्ने अनुमान गरिएको छ । कम्पनीले हालसम्म आधिकारिक जानकारी दिइसकेको छैन ।

अगाडीको लुक्स भने २२० को भन्दा फरक देखिएको छ । अगाडीको भाग भाइजरले ढाकिएको हुने छ । बाइकमा चमकदार एलईडी डीआरएल लाइट, एविएस, एफआई इन्जिन, विएससिक्स लगाएत विभिन्न नयाँ फिचरका साथ बजारमा प्रवेश गर्नेछ ।

हालसम्म यो बाइकको मूल्य कति हुने भन्ने बिषयमा कुनै जानकारी आइसकेको छैन । नेपाली बजारमा यो २५० मोटरसाइकल आउँदा ५ लाख माथि नै मूल्य हुने अनुमान गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया