बजाजको पल्सर एफ२५० र एन२५० सार्वजनिक, १ लाख ३८ देखि ४० हजार भारु पर्ने र फिचर के के ?

२ बर्ष अगाडि

काठमाडौं, भारतीय बजारमा बजाजले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले पल्सर एफ२५० र एन२५० गरी दुई मोडल सार्वजनिक गरेको हो । 

यी दुई मोटरसाइकल मध्ये एफ२५० सेमी फियर्ड डिजाइनमा रहेको छ भने एन२५० नेकेड स्पोर्ट्स डिजाइनमा रहेको छ । मोटरसाइकलमा एलईडी प्रोजेक्टर हेडल्याम्पका साथ फ्रन्ट र रियरमा क्रमशः ३०० र २३० एमएम डिस्क ब्रेक छ ।

त्यसैगरी टेकोमिटर, डिस्टेन्स टु एम्पटी र गियर पोजिसन इन्डिकेटर देखाउने नयाँ इन्फिनिटी इन्स्ट्रयुमेन्ट क्लस्टर छ । स्लिपर क्लचयुक्त यो मोटरसाइकल टेक्नो ग्रे र रेसिङ रेड गरी दुई कलरमा उपलब्ध हुनेछ ।

यी दुवै मोटरसाइकलमा बीएस६ मापदण्डयुक्त २५० सीसी सिंगल सिलिन्डर आयलकुल्ड इन्जिन जडान गरिएको छ, जसले २४.५ पीएस पावर र २१.५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा फाइभ स्पिड गियरबक्स जडान गरिएको छ ।

पल्सर एफ२५० को मूल्य १ लाख ४० हजार र एन२५० को १ लाख ३८ हजार भारु तोकिएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया