१ लाख ४० हजार भारु पर्ने बजाजको पल्सर एन२५० सार्वजनिक, यस्तो छ फिचर र लुक्स

२ बर्ष अगाडि

काठमाडौं, भारतको दिग्गज टु ह्विलर कम्पनी बजाज अटोले बजाज पल्सर २५० रेन्जमा दुई मोटरसाइकल लन्च गरेको छ । कम्पनीले फुल फेयर बजाज पल्सर एफ२५० र नेकेड स्ट्रिटफाइटर बजाज पल्सर एन२५० लन्च गरेको हो ।

पल्सर एन२५० को केही डिजाइन पल्सर एनएस२०० जस्तै राखिएको छ । बाइकको स्टाइलिङमा प्रमुख फ्रन्ट फेसिया हो, जसमा स्लिम एलईडी डीआरएलले घेरिएको एलईडी प्रोजेक्टर समावेश छ । यसमा शार्प फ्युल ट्यांक एक्सटेन्सन, स्लीक र रेक्ड टेल सेक्सनले बाइकलाई आक्रामक बनाएको छ । सो बाइक हाल टेक्नो ग्रे कलरमा मात्र उपलब्ध रहेको छ ।

बजाज पल्सर एन२५० मा डाउन सिफ्टिङमा सहज र सुरक्षित गियरसिफ्टको लागि सहायक र स्लिपर क्लच जडान गरिएको छ । बाइकमा एलसीडी युनिटसहितको नयाँ सेमी–डिजिटल कन्सोल समावेश छ । जसले गियरको स्थिति, माइलेज, क्लक, रेन्ज, इन्धनको स्थिति देखाउँछ । यसको ह्यान्डलबार मुनि यूएसबी चार्जिङ पोर्ट पनि समावेश गरेको छ ।

बजाज पल्सर एन२५० बाइकमा १७ इन्चको अलोय ह्वील, फ्रन्टमा १००/८० र रियरमा १३०/७० सेक्सनको टायर जडान गरिएको छ । सस्पेन्सनका लागि फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक रहेको छ । ब्रेकिङको लागि सिंगल डिस्क ब्रेक र इन्धन ट्यांक क्षमता १४ लिटरको छ ।


बजाज पल्सर एन२५० मा नयाँ २५०सीसी, आयल–कूल्ड इन्जिन समावेश गरेको छ । जसले २४.१ बीएचपीको पावर र २१.५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ५ स्पिड गियरबक्स जोडिएको छ ।

बजाज पल्सर एन२५० एउटा भेरिएन्टमा मात्र पेश गरेको छ, जसको मूल्य १ लाख ३८ हजार भारु तोकिएको छ । सो बाइक पल्सर एफ२५० भन्दा २००० भारु सस्तो छ । पल्सर एफ२५० को मूल्य १ लाख ४० हजार भारु रहेको छ । भारतमा सो बाइकले सुजुकी जिक्सर २५० र यामाहा एफजेड२५ सँग प्रतिस्पर्धा गर्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया