२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट, बुकिङ खुला

२ बर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा कायो ब्रान्डको डर्ट बाइक टी२ भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक सुबानी ट्रेडर्सले यसको बुकिङ खुला गरेको छ ।

यो बाइकमा २५० सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयरकुल्ड इन्जिन छ, जसले ८,५०० आरपीएममा १६।५ पीएस पावर र ५,५०० आरपीएममा १७।५ एनएम टर्क जेनेरेट गर्छ । १०५ किलोमिटर प्रतिघण्टाको टप स्पिड भएको यो बाइकको तौल १०७ किलोग्राम छ ।

आल्मुनियम रिम सहितको २१ र १८ इन्चको टायर र ५–स्पिड गियरबक्स भएको यो बाइकमा रेसिङ कार्बुरेटर प्रयोग गरिएको छ भने ३५ किलोमिटर माइलेज दिने बताइएको छ । दुवै चक्कामा डिस्क ब्रेक भएको यो बाइकको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिएको छ । तर हाल बुकिङ गर्ने ग्राहकका लागि ३० हजार क्यास ब्याक उपलब्ध गराइने भएकाले यसको मूल्य ४ लाख २० हजार रुपैयाँ मात्र हुने कम्पनीको भनाइ छ । त्यसैगरी निःशुल्क हेलमेट, ह्यान्डगार्ड र ग्लोब समेत उपलब्ध हुनेछ ।

सहज फाइनान्स सुविधा समेत उपलब्ध हुने यो बाइकमा २ वर्षको वारेन्टी उपलब्ध हुने बताइएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया