१०१७४ जनाको परीक्षणमा ३५१ जनामा संक्रमण, ९ जनाको मृत्यु र कति जना संक्रमण मुक्त ?

२ बर्ष अगाडि

काठमाडौं,  पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८७२९ पीसीआर परीक्षणमा १४४५ एन्टिजेन परीक्षणमा गरी कुल १०१७४ जनाको परीक्षणमा ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २७३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ८९० संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५०९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया