बुधबार बढ्यो कोरोना संक्रमितको संख्या, २३२ जना संक्रमण मुक्त हुदाँ कति जनाको मृत्यु ?

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७५९० पीसीआर परीक्षणमा १४४५ एन्टिजेन परीक्षणमा गरी कुल २३३० जनाको परीक्षणमा ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख १ हजार  १२२ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५१३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया