स्थानीय तहका १ हजार ६१३ जना कर्मचारीको सरुवा, पत्र बुझ्न मन्त्रालय धाउनु नपर्ने

२ बर्ष अगाडि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका तहका १,६१३ जना कर्मचारीको काज सरुवा गरेको छ ।  

सरुवाका लागि निवदेन दिएका कर्मचारीमध्ये मापदण्ड पुगेकाहरुलाई सम्बन्धित स्थानीय तहको दोहोरो सहमतिका आधारमा सरुवा गरिएको हो । हाल स्थानीय तहका कर्मचारीहरुको सरुवासम्बन्धी कानूनी व्यवस्था नभएकोले सरुवा गरिएकाहरुलाई ‘अन्तर स्थानीय तह कामकाजमा खटाइएको’ भनी निर्णय भएको छ । 

आफूले काम गरिरहेको स्थानीय तहमा अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा अर्को स्थानीय तहमा कामकाज गर्नेगरी  खटाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले बताए । 

यसरी सरुवा भएकाहरुमा पहिलेदेखि स्थानीय तह स्थायी भएका कर्मचारी नभई नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीहरु मात्र रहेको बताइएको छ । 

सरुवा गरिएका कर्मचारीहरुलाई सरुवा (कामकाज खटाइएको) पत्र बुझ्नका लागि मन्त्रालय धाइरहनु नपर्ने व्यवस्था गरिएको छ । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै अनावस्यक भिडभाड कम गर्नका लागि दुवै तर्फको स्थानीय तहको ईमेलमा पत्र पठाइने भएकोले पत्रका लागि मन्त्रालय नधाउन भनिएको छ । 

 

२ बर्ष अगाडि

प्रतिक्रिया