क्याम्पस हाताभित्र टिकटक बनाउन रोक

आइतबार, २६ मंसिर २०७८, १७ : १३

काठमाडौं, कैलाली जिल्लाको एक क्याम्पसले क्याम्पस हाताभित्र क्याम्पस पोशाकमा टिकटक बनाउन रोक लगाइको छ ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिक १ मा रहेको घोडाघोडी बहुमुखी क्याम्पसले विद्यार्थीहरुले स्मार्ट मोबाइलको प्रयोग गरी क्याम्पस परिसर भित्र टिकटक बनाएको भन्ने गुनासो आएका भन्दै उक्त कार्यमा प्रतिबन्ध लगाएको हो । 

आज क्याम्पसले एक सूचना जारी गर्दै क्याम्पसमा अध्ययनरत केहि विद्यार्थीहरुले स्मार्ट मोबाइलको प्रयोग गरी क्याम्पस परिसर भित्र टिकटक बनाएको भन्ने गुनासो आएकाले अब उपरान्त क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टिकटक भिडियो बनाउन रोक लगाइएको छ । यदि सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोबाइल नियन्त्रणमा लिई आचार संहिता अनुसार कारवाही हुने जनाएको छ । 

आइतबार, २६ मंसिर २०७८, १७ : १३

प्रतिक्रिया