एनआइसी एशियाले कमायो ६ महिनामा एक अर्ब ५१ करोड नाफा

५ बर्ष अगाडि

काठमाडौँ – एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १६४ प्रतिशतले नाफा कमाएको छ । बैंकले ६ महिनाको अवधिमा रु एक अर्ब ५१ करोड नाफा गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले रु  ५७ करोड मात्रै नाफा गरेको थियो । बैंकले ६ महिनाको अवधिमा निक्षेप संकलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढेको आज प्रकाशित विवरणमा उल्लेख छ । बैंकले पुस सम्ममा रु एक खर्ब ७५ अर्ब निक्षेप संकलन गरेको छ भने रु  एक खर्ब ४९ अर्ब कर्जा लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १३३ प्रतिशतले बढेको पाइएको छ । जसमा ब्याज आम्दानी ७४ प्रतिशतले बढेको छ भने ब्याज खर्च ५१ प्रतिशतले बढेको छ । बैंकले खुद व्याज आम्दानी रु तीन अर्ब ६० करोड आर्जन गरेको छ । प्रतिशेयर आम्दानी एक वर्षको अवधिमा रु १४ बाट रु ३४ पुगेको छ । बैंकले  पूँजी वृद्धि योजनासँगै शाखा विस्तारसँगै सेवा पनि आक्रामक रुपमा अघि बढाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया