१५ बैंकको साधारणसभा सम्पन्न, ३ बैंकले अझै घोषणा गरेनन् लाभांश

५ बर्ष अगाडि

काठमाडौं : आर्थिक वर्षको ६ महिना भित्रमा सधारणसभा र गत आर्थिक वर्षको मुनापाmबाट लाभांश वितरण गर्ने समय सकिदा समेत निजी क्षेत्रका ३ वटा बैंकले हालसम्म पनि लाभांश घोषणा गरेका छैनन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका क वर्गका २३ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् । उनीहरुले गत आर्थिक वर्षको मुनापाmबाट आफ्नो लाभांश घोषणा गरी धाधम वार्षिक साधारणसभा समेतसम्पन्न गरेका छन् । हालसम्म प्राप्त विवरणअनुसार १५ बैंकले वार्षिक  साधारणसभा समेत सम्पन्न गरेका छन् । तर केही बैंकको साधारणसभाको मिति तोकिएको छ ।तर केही बैंक भने चुपचाप बसीरहेका  छन् । उनीहरुले त न गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् , नत वार्षिक साधारणसभाको मिति नै तय गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंक,  सिभिल बैंक र  एनसीसी  बैंकले  लाभांश समेत घोषणा गरेका छैनन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई सेयर बिक्री गरेको छैन । जसका कारण उसको वार्षिक साधारणसभाको बारेमा आम मानिसलाई त्यत्ति धेरै चासो छैन । यस्तै नेपाल बैंकले पनि लाभांश घोषणा गरेको छैन ।

चालु आर्थिक वर्षको दोस्रो त्रेमास सकिदासम्म क वर्गका कुल २८ बैंक मध्ये हालसम्म १५ बैंकले मात्रै तोकिएको मसयमा साधारणसभा सम्पन्न गरेका छन् । बाँकी रहेकाले भने माघको पहिलो सातासम्म घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

सबैभन्दा बढी लाभांश दिनेमा नेपाल इन्भेस्टमेन्ट बैंकले १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश दिएको छ । धने सबैभन्दा कम सिटिजन बैंकले १.६ प्रतिशत मात्रै नगद लाभांश दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया