एनआईसी एशियाले चार अर्बको ऋणपत्र बिक्री गर्दै, गर्ने होइन लगानी ?

५ बर्ष अगाडि

काठमाडौँ – एनआईसी एशिया बैंकले यही माघ १३ गतेदेखि रु ४ अर्ब बराबरको  ऋणपत्र बिक्री  गर्ने भएको छ । बैंकले सर्वसाधारणको लागि निष्काशनको १६ लाख कित्ता ऋणपत्र दिनेछ ।

दश वर्षको लागि १० प्रतिशतका दरले प्रति ऋणपत्र एक हजार रुपैयाँको दरमा न्यूनतम २५ कित्ताको लागि आवदेन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

सर्वसाधारणले अधिकतम २० कित्तासम्मको लागि छिटोमा माघ १६ र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा फागुन १३ गतेसम्म आवदेन दिन सक्ने व्यवस्था गरिएको छ ।

 बैंकले सर्वसाधारणको लागि निष्काशन गरिएको मध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएको छ।

दश वर्षको अवधि रहेको यस ऋणपत्र आर्थिक वर्ष २०८५÷८६ समाप्त हुनेछ । ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ । बैंकले निष्काशन गर्ने लागेको यो चौथो ऋणपत्र हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया