सर्वाधिक सफल सीइओ टिम कुक,पारिश्रमिकका रुपमा ९.८७ करोड डलर

२ बर्ष अगाडि

विगत १० वर्षदेखि एप्पलको नेतृत्व गरिरहेका टिम कुकले २०२१ मा पारिश्रमिकका रुपमा ९.८७ करोड डलर पाएका छन्। अमेरिकी टेक म्यागाजिन ुुद भर्जुु का अनुसार कुकको औसत तलब ३० लाख डलर थियो। जसमा एक करोड २० लाख डलर बोनस र शेयरबाट भएको आम्दानी ८ करोड २० लाख डलर भन्दा धेरै रहेको छ। यस्तै एप्पलका औषत कर्मचारीको वार्षिक आम्दानी भने ६८ हजार २५४ डलर रहेको छ।

टिम कुकको प्याकेज २०२० मा १४.८ मिलियन डलर थियो। कम्पनीका संस्थापक स्टीव जब्सले निधनभन्दा केहि महिना पहिले पद छोडेपछि २०११ मा कुकले पदभार सम्हालेका थिए। सो समयदेखि एप्पलको शेयर एक हजार प्रतिशतभन्दा धेरैले बढिसकेको छ। भर्खर मात्र कम्पनीले ३ ट्रिलियन डलरको बजार पूँजीकरण छोएको छ। यसरी विश्वका अन्य कम्पनीहरूमध्ये यो सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बनेको छ। 

गत अगस्टमा टिम कुकले एप्पलका सीइओका रुपमा १० वर्ष सम्पन्न भयो र उनलाई सर्वाधिक सफल सीइओ घोषणा गरिएको थियो। कुकले सन् २०११ को अगस्ट २४ मा एप्पलको जिम्मेवारी पाएका थिए। सो समयमा कम्पनीको आम्दानी ६५ अर्ब डलर थियो जुन अब ३० खर्ब डलर पुगेको हो। एजेन्सी 

२ बर्ष अगाडि

प्रतिक्रिया