तनहुँमा ६८ प्रतिशतले लगाए पूर्ण खोप, कञ्चनपुरमा एकै दिन १२८ सङ्क्रमित

२ बर्ष अगाडि

काठमाडौं - तनहुँमा १८ वर्षमाथिका २ लाख २९ हजार ३४७ जनामध्ये एक लाख ५७ हजार २८१ जना ९६८.६ प्रतिशत०ले खोपको पूर्ण मात्रा लगाएका छन् । 

१२ देखि १७ वर्ष उमेरसम्मका ३९ हजार ४३४ मध्ये ३१ हजार ८१२ जना ९८०।७ प्रतिशत०ले मोडर्ना खोप लगाएका छन् । भानुका २१ हजार ७५५ व्यासका ४८ हजार ३१५, म्याग्देका ११ हजार ८७३, शुक्लागण्डकीका १५ हजार ५५३, भिमादका १५ हजार ३१२, घिरिङका ६ हजार ७६८, ऋषिङका नौ हजार ५३, देवघाटका ६ हजार ५६३, बन्दीपुरका नौ हजार ४०० र आँबुखैरेनीका १२ हजार ६८९ जनाले खोपको पूर्ण मात्रा लगाएको कार्यालयले जनाएको छ ।  

यसैगरी भानुका तीन हजार २२०, व्यासका आठ हजार ९५७, म्याग्देका एक हजार ४६४ र शुक्लागण्डकीका पाँच हजार ७८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन् । भिमादका दुई हजार ८७९, घिरिङका एक हजार ३१८, ऋषिङका दुई हजार १२५, देवघाटका एक हजार ५३४, बन्दीपुरका दुई हजार दुई र आँबुखैरेनीका दुई हजार ५२५ जनाले मोडर्ना खोप लगाएको कार्यालयले जनाएको छ । 

कञ्चनपुरमा एकै दिन कोरोनाबाट १२८ सङ्क्रमित 
यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पिसीआर परीक्षणबाट आठ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

भीमदत्त नगरपालिकाका १२, दोधोरा चाँदनी नगरपालिकाका दुई, बेदकोट नगरपालिकाका दुई, बेलौरी नगरपालिकाका एक, शुक्लाफाँटा नगरपालिकाका तीन, पुनर्वास नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक र गड्डाचौकी हुँदै भारतबाट फर्केका १०५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो । एक हप्ताको अवधिमै यहाँ कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५५८ पुगेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया