निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा बढ्यो, ५ प्रतिशत ब्याज अनुदानमा १० हजारले लिए ऋण

५ बर्ष अगाडि

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गर्ने कर्जा बढाएका छन् । 

बैंकहरुको चालु आर्थिक वर्षको पाँच महिनामा १०.२ प्रतिशतले बढी कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

गतवर्ष यसै अवधिमा . प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मध्ये बाणिज्य बैंकको कर्जा ९.८ प्रतिशत, विकास बैंकको १४.८ प्रतिशत,  वित्त कम्पनीको ७.३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा भने बैंक तथा वित्तीय संस्थाले नीजि क्षेत्रतर्फ प्रवाह गर्ने कर्जा २४.१ प्रतिशतले बढेको छ । 

बैंकहरुको लगानीमा रहेको कर्जामध्ये ६३.३ प्रतिशत घरजग्गा धितोमा, १४.६ प्रतिशत कर्जा कृषि तथा गैह्रकृषि वस्तुको धितोमा प्रवाह भएको छ । 

यता सरकारले ५ प्रतिशत ब्याज अनुदानमा कृषि तथा पशुपँक्षी व्यवसाय गर्न दिने कर्जा  हालसम्म ९ हजार ४ सय ४९ जनाले लिएका छन् ।  यसमा १४ अर्ब ३९ करोड रुपैयाँ कर्जा बक्यौता छ भने ७५ करोड ८२ लाख ब्याज अनुदान राष्ट्र बैंकले दिएको छ । 

यस्तै भुकम्प पिडितलाई आवासीय घर निर्माणका लागि दिएको सहुलियत पूर्ण कर्जा १ हजार ५ सय ३४ जनाले लिएको राष्ट्र बैकले भनेको छ । पुनर्कर्जाको बक्यौता मंसिर मसान्तसम्म २ अर्ब ४२ करोड रुपैयाँ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया