‘खुकुरी’ को नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा, के कति हुने बजार मूल्य ?

२ बर्ष अगाडि

काठमाडौं, नेपालको प्रिमियम रम ब्रान्ड ‘खुकुरी’ को नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा आएको छ । 

ग्राहकहरुको चाहनालाई मध्य नजर गर्दै खुकुरीले उत्कृष्ट समीश्रणबाट तयार ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको हो। 

जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ यसअघिका वर्षहरुमा नै निर्यात हुदैँ आएको थियो । सो देशहरुमा एकदमै रुचाईएको  ‘खुकुरी स्पाइस्ड रम’ नेपाली बजारमा ल्याइएको हो। 

यो नयाँ स्वादको रम बजारमा ल्याउनु अघि नेपालका विभिन्न क्षेत्र तथा विशेषगरी बुटवल र भैरहवामा परीक्षण गरिएको थियो। विशेषत ‘खुकुरी स्पाइस्ड रम’ निट वा कोलासँग पिउन ग्राहकहरुले औधी मन पराएको परीक्षणको क्रममा पाइएको छ । 

‘खुकुरी स्पाइस्ड रम’को बजार मूल्य ‘खुकुरी XXX  रम’को भन्दा केही बढी हुने उत्पादक कम्पनी ‘द नेपाल डिस्टीलरिज’ जनाएको छ । 
 
चालु आर्थिक वर्षमा बढीमा ६ देखि ७ हजार केससम्म मात्र ‘स्पाइस्ड रम’ बजारमा पठाउन सकिने कम्पनीले जानकारी गराएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया