किन घट्यो देवः विकास बैंकको नाफा

५ बर्ष अगाडि

काठमाडौं – कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा उच्च वृद्धि हुँदा देव विकास बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा कमी आएको देखिएको  छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मात्रै रु  १३ करोड २९ लाख खुद मुनाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही समयमा बैंकको नाफा रु १४ करोड ६ लाख नाफा गरेको थियो । बैंकको यो नाफा घट्नुमा बढ्दो व्यवस्थापन खर्च नै मुख्य कारण हो । बैंकको कर्मचारी र सञ्चालन खर्चमा अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष रु १३ करोड रहेको सो खर्च यो वर्ष  रु १८ करोड ८० लाख पुगेको छ ।

बैंकले निक्षेप तथा कर्जा संकलनमा भने सन्तुलित एवं उत्साहजनक प्रगति हासिल गरेको छ । बैंकले अघिल्लो त्रैमासभन्दा करिब रु डेढ अर्ब वृद्धि गरी रु १७ अर्ब ११ करोड पुर्याउँदा कर्जा लगानी करिब रु १ अर्बले बढाएररु  १५ अर्ब ६० करोड पुर्याएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया