२२ देखि २६ हजार ९९९ मूल्य सहित रेड्मी एमआई नोट ११ नेपाली बजारमा सार्वजनिक,३ भेरियन्टमा उपलब्ध

विहीबार, १३ माघ २०७८, १६ : ४७

काठमाडौ, नेपाली बजारमा रेड्मी एमआई नोट ११ सार्वजनिक भएको छ ।  

साओमी नेपालले ९० हर्जको रिफ्रेस रेटसहित ६.४३ इन्चको फुलएचडी प्लस एमोलेड डिस्प्ले दिइएको यो फोन ४/६४ जीबी, ४/१२८ जीबी र ६/१२८ जीबी गरी तीन भेरियन्टमा नेपाली बजारमा ल्याएको छ  ।

५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल सेन्सर र समान २ मेगा पिक्सेलका म्याक्रो र पोट्रेट लेन्स उपलब्ध गराइएको यो फोनमा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

५,००० एमएएच क्षमताको ब्याट्री , यूएसबी टाइप सी पोर्टमार्फत ३३ वाट फास्ट चार्जिङ, फाइबजी सपोर्ट लगाएतको बिशेषता रहेको छ ।

नेपाली बजारमा ४/६४ जीबी  भेरियन्टको २२ हजार ९ सय ९९, ४/१२८ जीबीको २४ हजार ९ सय ९९  र ६/१२८ जीबी भेरियन्टको मुल्य २६ हजार ९ सय ९९ तोकिएको छ ।

विहीबार, १३ माघ २०७८, १६ : ४७

प्रतिक्रिया