काठमाडौं - सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा अल न्यु ज्याक टी८ सार्वजनिक गरेको छ । कम्पनीले ५६.९९ लाखको आकर्षक सुरुआती मूल्यमा उक्त अल न्यु ज्याक टी८ को बुकिङ खुला गरेको हो ।
साँग्रिला मोटर्स गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो । यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ। गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो ।
साँग्रिला मोटर्स आफ्ना ग्राहकका लागि विश्वस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ। यसको शोरुम र सर्भिस स्टेसन प्रशिक्षित कर्मचारीहरुका साथ उत्कृष्ट सेवाको अनुभव सुनिश्चित गर्न नवीनतम उपकरणहरुका साथ तयार छन् ।
यस कम्पनीले सार्वजनिक गरेको ज्याक टी८ पिकअप ट्रक विश्वको ४० भन्दा धेरै राष्ट्रहरुमा पहिलो रोजाइमा रहेको छ । जर्मनीको एफईभीसँग मिलेर बनाइएको २।० लिटिर टर्बो डिजेल इन्जिनले १३७ हर्षपावर र ३२० एनएमको टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गर्न सकिन्छ ।
चीनको अटो उद्योगमा ५८ वर्षभन्दा बढी उत्कृष्ट रहेको ज्याक मोटर्स आज विश्वकै लोकप्रिय ब्रान्डमध्ये एक बनेर उदाएको छ । नेपालमा सार्वजनिक भएको न्यु ज्याक टी८ आकर्षक र प्रतिस्पर्धी मूल्यमा ग्राहकको सन्तुष्टि पूरा गर्न सबै उन्नत सुरक्षा, आराम र सुविधाले भरिपूर्ण छ ।
यो ज्याक मोटर्सको आठौँ पुस्ताको अन्तर्राष्ट्रिय प्लेटफर्ममा आधारित छ। जसले स्थिरता, सुरक्षा र आराम प्रदान गर्दछ । टी८ लाइनअपमा ४ बाई ४ को डबल–क्याब रहेको छ । जुन टी६ डबल–क्याब सेग्मेन्टभन्दा माथि प्रिमियम सेग्मेन्टमा रहेको छ ।
यसको शक्तिशाली नयाँ इन्जिन र जीवनशैली अनुरुप रहेका सुरक्षा सुविधाहरुका साथै आकर्षक डिजाइन पारिवारिक र उपयोगिता–आधारित ड्राइभको लागि लक्षित रहेको छ । यसमा आरामदायी ड्राइभका लागि आकर्षक सुविधाहरु रहेका छन् र यो आफैंमा कुशल र भरपर्दो पनि त्यत्तिकै छ ।
यसबाहेक आफ्नो सेग्मेन्टमा ज्याक टी८ उचित मूल्य भएको पिकअप ट्रक हो ।
प्रतिक्रिया