सवारी कर्जा दिने कम्पनीले चुक्तापुँजी ३० करोड हुनुपर्ने

५ बर्ष अगाडि

हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्तापुँजी न्युनतम ३० करोड हुनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । साथै त्यस्ता कम्पनीले लिने कर्जाको व्याजरको सीमा पनि तोकिएको छ । 
हाल सञ्चालनमा रहेका हायर पर्चेज कम्पनीले भने २०७७ असार मसान्तसम्म २० करोड र २०७८ सम्म ३० करोड रुपैयाँ पुर्याउँनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सोमबार हायर पर्चेज कर्जा दिने  कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७० को दोस्रो संसोधन गर्दै हायर पर्चेज कर्जा दिने कम्पनीले चुक्ता पुँजी बृद्धि गर्नुपर्ने व्यवस्था गरेको छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया