यती ब्लन्ड–प्रिमियम क्राफ्ट बियर बजारमा, कति छ मूल्य ?

मंगलबार, ०३ फागुन २०७८, १३ : ५७

काठमाडौं- यती ब्रुअरी कम्पनीले नयाँ बियर यती ब्लन्ड सार्वजनिक गरेको छ।

‘स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर हो। कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ।

यती ब्लन्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२५ रहेको छ। यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल–अफ क्यापसहित ३३० मि.लि. र ६५० मि.लि.को बोतलमा उपलब्ध छन्। जसको मूल्य क्रमशः रु. १८० र रु. ३५० रहेको छ।

मंगलबार, ०३ फागुन २०७८, १३ : ५७

प्रतिक्रिया