गोरखाको फुजेलमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा

५ बर्ष अगाडि

गोरखा–माछापुच्छ्रे बैंक लिमिटेडले गोरखाको गण्डकी गाउँपालिका वडा नं ४ फुजेल ढाबेमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा माघ ८ गतेबाट यो सेवा सुचारु गरेको हो । कार्यक्रममा स्थानिय जनप्रतीनिधी धादिङ गजुरी शाखाका शाखा प्रमुख रमेश सोडारीसहित स्थानियको बक्लो उपस्थिती रहेको थियो । 

कार्यक्रमको सभापतीत्व गरेका अनुप अर्यलाले आफ्नै घर गाउँमा  बैकिङ्ग सुबिधा प्राप्त  हुने भएपछी  स्थानिय हर्षित भएको बताएका छन ।  यो सहित माछापुच्छ्रे बैंकका हालसम्म ५३ शाखा रहित बैकिङ्ग सेवा सञ्चालन भइसकेको बैंकले जनाएको छ । 

ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । 

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्गलाई कर्जा प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया