काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ ।
प्रयोगकर्तालाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, ‘नयाँ–नयाँ प्रविधी र नयाँँ–नयाँँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि हामी सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइसहरु ल्याउन केन्द्रित छौँ। यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ यहाँँहरुले यसलाई मन पराइदिनुहुनेछ ।’
‘शाओमी १२ प्रो को ५० एमपी मेन वाइड एङलको सुपेरियर ट्रिपल क्यामरा र स्न्यापड्रागन जेन १ प्रोसेसरले एकदमै उत्कृष्ट फ्ल्यागशिप अनुभव प्रदान गर्छ। यसमा डिस्प्लेमेटले एपप्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले छ जसले ट्रु कलर सपोर्ट गर्छ र भिडियो स्पष्टसँग हेर्न मिल्छ’, उनले भने, ‘साथै यसमा स्क्य्राच रेसिस्टान्ट कर्निङ गोरिल्ला ग्लास भिक्टस राखिएको हुँदा स्क्रिन कोरिने चिन्ता हुँदैन ।’
शाओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिन्छ । चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृष्य होस्, केसम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने ५० एमपी वाइड एंगल मुख्य क्यामरा सहितको प्रो ग्रेड ट्रिपल क्यामेराले ५० एमपीको मुख्य वाइड एंगल क्यामराले यसलाई आकर्षक लुक दिनुका साथै तस्बिरहरु पनि अत्यन्त राम्रो रेजोलुसनको लिन्छ ।
यसमा भएको सोनीको अल्ट्रा लार्ज आईएमएक्स ७०७ मेन सेन्सरले सबै तिरबाट उज्यालो तान्दै फास्टर फोकस स्पिड र इम्प्रुभ्ड कलर एक्युरेसीको साथ झन राम्रो तस्बिर लिन सक्छ । राम्रोसँग काम गर्ने हार्डवेयर बाहेक यो फोनमा अत्याधुनिक एआई अल्गोरिदम पनि छ। यसमा भएको प्रो फोकसले गतिशील अथवा फोकस बाहिरको वस्तुहरु पनि ट्रेस गर्छ जसले गर्दा फोटो ब्लर आउने अथवा फोकस नहुने समस्या हुँदैन ।
साथै यसको फेस अटो फोकस र आइ अटो फोकस पनि पहिलाको मोडलहरु भन्दा अझै सुधारिएको छ । यसमा भएको अल्ट्रा नाइट भिडियो फिचरले रातिको अध्याँरोमा पनि राम्रोसँग भिडियो रेकर्ड गर्न सक्छ ।
यसको साथै यसमा भएको वान क्लिक सिनेमा फिचरमा प्यारालल वल्र्ड, फ्रिज फ्रेम भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामथ्र्य राख्छन् ।
यो १२ जिबीं २५६ जिबिको स्टोरेजमा नीलो र बैजनी रङमा शाओमीको आधिकारिक स्टोरहरुमा उपलब्ध छ र यसको मूल्य रु। १ लाख १४ हजार ९९९ रहेको छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.८८ | १२९.५१ |
GBP (UK POUND STERLING) | १ | १५१.४५ | १५२.१८ |
CHF (SWISS FRANC) | १ | १२३.१४ | १२३.७४ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.५८ | ८५.९९ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.६६ | ९६.१३ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.६८ | ८९.११ |
JPY (JAPANESE YEN) | १० | ९.५६ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.८५ | ३४.०१ |
THB (THAI BAHT) | १ | ३.५५ | ३.५७ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६३ | ९.६७ |
SEK (SWEDISH KRONER) | १ | १२.२६ | १२.३२ |
DKK (DANISH KRONER) | १ | १७.३२ | १७.४० |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.५९ | ४०४.५४ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९२ | ३२९.५१ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।