काठमाडौं -ग्लोबल प्राविधिक ब्राण्ड ओपोले गेम डेभ्लपर्स कन्फरेन्स २०२२ (जीडीसी) मार्फत स्मार्टफोनका लागि उद्योगकै पहिलो रे ट्रेसिङ एप्लिकेशन – कलरओएस रे ट्रेसिंग थ्रीडी वालपेपर सार्वजनिक गरेको छ ।
कार्यक्रममा उपस्थितले चीनमा सार्वजनिक गरिएको ओपोको नयाँ फ्ल्यागशिप स्मार्टफोन (OPPO Find X5 Pro (Dimensity Version) मार्फत मल्टिपल रियल–टाइम रे ट्रेसिङ वालपेपरहरूको प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गरेका थिए । थ्रीडी वालपेपर एप्लिकेशन यसै वर्ष भित्रै एपीके मार्फत सार्वजनिकको तयारी भइरहेको जानकारी दिइएको छ ।
'प्राविधिक क्षेत्रकै एक अगुवाका रुपमा ओपोले सँधै नै प्रयोगकर्ताहरूको मोबाइल अनुभवलाई अझ समृद्ध बनाउन सक्रिय रूपमा नयाँ अवसरहरूको खोजीलाई निरन्तरता दिइरहेको छ ।' ओपो यूएस रिसर्च सेन्टरका ग्राफिक्स प्रडक्ट म्यानेजमेन्टका प्रमुख जेन टियानले भने “स्मार्टफोन उपकरणहरू माझ रे ट्रेसिङ प्रविधिको फाइदा उठाउँदै अझ इमर्सिभ र प्रतिस्पर्धात्मक गेमिङका लागि थप यथार्थपरक गेमप्ले ग्राफिक्स उपलब्ध हुनेछ ।
स्मार्ट उपकपरणहरुमा भविष्यका अरु प्रयोगहरू अन्वेषण गर्न हाम्रा थ्रीडी वालपेपरले सुरुवाती बिन्दुका रूपमा पनि काम गर्नेछ । प्रकाशको भौतिक व्यवहारलाई अनुकरण गर्ने रे ट्रेसिङ, एक ग्राफिक्स रेन्डरिङ प्रविधि हो । यसको उपयोग पछिल्लो समयमा कम्प्युटरहरूका लागि अपनाई सकिएको छ । रे ट्रेसिङ प्रविधि अपनाई, थ्रीडी वालपेपरहरूले प्रयोग योग्य फ्रेम दरहरूमा वास्तविक समयमा प्रकाश रेन्डर गर्न सक्छन् ।
यसले गर्दा वस्तुहरूको छायाँ, प्रतिविम्ब र परिवर्तनहरू अझ जीवन्त र वास्तविक देखिन्छ । यसले गर्दा घुमाउने, ट्याप गर्ने र लहराउने जस्ता हातका इसाराहरूको प्रयोग गरी आफ्ना वालपेपरसँग अन्तरक्रिया गर्न सक्ने सुविधा प्रदान गर्दछ । ओपोले सन् २०१८ को सुरुदेखि नै आफ्नो रे ट्रेसिङ प्रविधि विकासको थालनी गरेको थियो । कम्पनीले सुरुमा विद्यमान मोबाइल उपकरणहरूमा रे ट्रेसिङलाई समावेश गराउन हाइब्रिड रेन्डरिङ विधि अपनाएको थियो ।
कलरओएस रे ट्रेसिङ थ्रीडी वालपेपरका लागि, ओपोले मिडियाटेक डाइमेन्सिटी ९००० चिपसेटको सम्भाव्यतालाई पूर्ण प्रयोग गर्दै, फाइन्ड एक्स ५ प्रो (डाइमेन्सिटी संस्करण) मा हाइब्रिड आर्किटेक्चर र समर्पित हार्डवेयर कोरहरू अपनाएर रे ट्रेसिङ कार्य सम्पादनलाई गति दिन नयाँ दृष्टिकोण अपनाएको हो । जीडीसी २०२२ मा प्रदर्शित थ्रीडी वालपेपर मोबाइल उपकरणहरूमा नयाँ प्रविधिहरू र रचनात्मक अनुभवहरू पस्कन कम्पनीले गरेका अथक प्रयासहरुको प्रमाण हो ।
यही बर्ष भित्रै ओपोले फाइन्ड एक्स ५ प्रो (डाइमेन्सिटी भर्सन) का प्रयोगकर्ताहरुका लागि थ्रीडी वालपेपर एप्लिकेशनलाई एपीकेका रुपमा र विश्वभरका डेभलपर्स, कलाकार, डिजाइनरहरुले आफ्नो रचनात्मकता प्रस्तुत गर्न सकुन् भन्ने सोचका साथ एसडीके प्योकजका रुपमा उपलब्ध गराउने जानकारी दिइएको छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.८८ | १२९.५१ |
GBP (UK POUND STERLING) | १ | १५१.४५ | १५२.१८ |
CHF (SWISS FRANC) | १ | १२३.१४ | १२३.७४ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.५८ | ८५.९९ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.६६ | ९६.१३ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.६८ | ८९.११ |
JPY (JAPANESE YEN) | १० | ९.५६ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.८५ | ३४.०१ |
THB (THAI BAHT) | १ | ३.५५ | ३.५७ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६३ | ९.६७ |
SEK (SWEDISH KRONER) | १ | १२.२६ | १२.३२ |
DKK (DANISH KRONER) | १ | १७.३२ | १७.४० |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.५९ | ४०४.५४ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९२ | ३२९.५१ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।