काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ ।
प्रयोगकर्ताको उत्पादकता बढाउन समर्पित, अतुलनीय स्पिड, पर्फमेन्स र मिडिया अनुभव प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको छ ।
आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको यो रेड्मीबुक सिरिजमा १५.६ इन्च एफएचडी डिस्प्ले, ११ औँ Gen Intel® Core™ प्रोसेसर, 8GB DDR4 3200 MHz RAM रहेको छ। जसले मल्टिटास्करहरुलाई अप्टिमाइज्ड स्पेसिफिकेसनहरुका साथ लगातार ११ घन्टासम्मको ब्याट्री ब्याकअप प्रधान गर्दछ।
लन्चका बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘हामीले हाम्रो फोन–प्लस स्ट्राटेजीमा ध्यान केन्द्रित गरेका छौँ र अन्य इलेक्ट्रोनिक्स उत्पादनहरुमा गहिरो अध्ययन गरेका छौँ। हाम्रा मी फ्यानहरुले व्यापक रूपमा मन पराइदिनुभएको पावरबैंक, इयरबड, स्मार्ट ब्यान्ड, स्मार्टवाच र स्मार्ट टिभी जस्ता प्रत्येक उत्पादनहरुसँग हामीले नवीनतम प्रविधिलाई ग्राहकमाझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ ।’
पंडाले थपे, ‘मी नोटबुक सिरिजका ल्यापटपहरु मी ट्रुलाइफ प्लस एन्ड ट्रुलाइफ डिस्प्लेको साथ एयरोस्पेस ग्रेड सिरिज ६, एल्युमिनियम बडी, दिनभरको लागि ब्याट्री ब्याकअप, टाइप–सीजस्ता शीर्षस्तरका विशेषताहरुले भरिएका छन्। फास्ट चार्ज, र थन्डरबोल्ट ४ तथा ब्याकलिट किबोर्डको साथ । यसबाहेक, अल्ट्रा–लाइट र पोर्टेबल श्रेणीमा कार्यसम्पादनको सीमाहरु तोड्दै, यी ल्यापटपहरुमा Intel® Iris® Xe ग्राफिक्सका साथ नवीनतम 11th Gen Intel® Core™ प्रोसेसरहरु छन्, जसमा 16GB DDR4 RAM and 512GB NVMe SSD स्टोरेज रहेको छ ।’
‘नेपाली बजारमा रेड्मीबुकको लन्चसँगै हामीले हाम्रो ध्यान उपभोक्तालाई उहाँहरुको लक्ष्य प्राप्तिका लागि ल्यापटपको पर्फमेन्स र पोर्टेबिलिटीमा केन्द्रित गरेका छौँ’, पंडाले भने, ‘प्रिमियम डिजाइन र उत्कृष्ट पर्फमेन्सको विशेषता भएका यी ल्यापटपहरु आधुनिक काम गर्ने तथा सिक्ने शैलीमा कार्यरत प्रयोगकर्ताहरुका लागि उत्तम विकल्प हो। हामी आशा गर्छौं हाम्रा उपभोक्ता र प्रशंसकले यसलाई मन पराइदिनुहुनेछ ।’
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.८८ | १२९.५१ |
GBP (UK POUND STERLING) | १ | १५१.४५ | १५२.१८ |
CHF (SWISS FRANC) | १ | १२३.१४ | १२३.७४ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.५८ | ८५.९९ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.६६ | ९६.१३ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.६८ | ८९.११ |
JPY (JAPANESE YEN) | १० | ९.५६ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.८५ | ३४.०१ |
THB (THAI BAHT) | १ | ३.५५ | ३.५७ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६३ | ९.६७ |
SEK (SWEDISH KRONER) | १ | १२.२६ | १२.३२ |
DKK (DANISH KRONER) | १ | १७.३२ | १७.४० |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.५९ | ४०४.५४ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९२ | ३२९.५१ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।