गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गर्ने पाँच पत्रकार संगठनका अध्यक्षहरुलाई सोध्यो आयोगले स्पष्टीकरण

१ बर्ष अगाडि

काठमाडौं - निर्वाचन आयोगले सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनका अध्यक्षहरुलाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले उनीहरुलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो । 

निर्वाचन आयोगले जारी गरेको बुलेटिन अनुसार, उनीहरुलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । ती पाँच संगठनका अध्यक्षले एक संयुक्त विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका थिए । 

आयोगले विज्ञप्ति हटाउन समेत उनीहरुलाई निर्देशन दिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया