शिवम् सिमेन्टसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कतिको कारोबार गरे ?

१ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजार ओरालो लागेको छ । चार दिन (आइतबार ( बुधबार) बढेको शेयर बजार आज भने दोहोरो अंकले घटेको हो । 

नेपाल स्टक एक्सेन्च (नेप्से) १८.६४ अंकले घटेर २३५०.४२ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक ०.७९ प्रतिशतले घटेको हो । 

कारोबारको अन्तिम सम्म कारोबारमा आएका २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७२ रुपैंया बराबरको कारोबार भएको छ । 

सो रकम बराबरको कारोबार हुदाँ शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको हो । कम्पनीको ११ करोड १० लाख बढीको शेयर कारोबार भएको छ । 

यस्तै,राधी जलविद्युतको ८ करोड १० लाख, अरुण भ्यालीको ८ करोड ८ लाख,प्राइम लाइफ इन्स्योरेन्सको ७ करोड ८३ लाख र ङादी ग्रुप पावरको ७ करोड ४१ लाख बढीको शेयर कारोबार भएको छ । 


 

१ बर्ष अगाडि

प्रतिक्रिया