४ दिन लगातार बढेको शेयर बजार आज दोहोरो अंकले घट्यो, कारोबार रकम भने वृद्धि

१ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) शेयर बजार ओरालो लागेको छ । चार दिन (आइतबार ( बुधबार) बढेको शेयर बजार आज भने दोहोरो अंकले घटेको हो । 

नेपाल स्टक एक्सेन्च (नेप्से) १८.६४ अंकले घटेर २३५०.४२ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक ०.७९ प्रतिशतले घटेको हो । 

कारोबारको अन्तिम सम्म कारोबारमा आएका २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७२ रुपैंया बराबरको कारोबार भएको छ । 

यस दिन कारोबारमा आएका १३ उपसमूहमा उत्पादन तथा प्रशोधन र अन्य उपसमूह बाहेक अन्य ११ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा विकास बेंक उपसमूहको सूचक सबैभन्दा धेरै २.१४ प्रतिशतले घटेको छ।

बिहीबार जाल्पा लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने तेह्रथुम पावरको ६.२० प्रतिशत, युनियन हाइड्रोपावरको ५.२२ प्रतिशत, शिवम् सिमेन्टको ५.१७ प्रतिशत र बुद्धभुमि हाइड्रोपावरको ३.९७ प्रतिशतले बढेको छ।

यता आजैदेखि कारोबार खुलेको सुर्योदय वमी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको ७.६३ प्रतिशत, युनियन लाइफ इन्स्योरेन्सको ६.९६ प्रतिशत, गुँरास लाइफ इन्स्योरेन्सको ५.८३ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ५.१३ प्रतिशतले घटेको छ।

बिहीबार शिवम् सिमेन्टको सबैभन्दा धेरै ११ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने राधि विद्युतको ८ करोड १० लाख, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ८ लाख, प्राइम लाइफ इन्स्योरेन्सको ७ करोड ८३ लाख र ङादी ग्रुप पावरको ७ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया