शेयर बजार ४ दिन बन्द हुने, अब मंगलबार मात्र कारोबार

विहीबार, २९ बैशाख २०७९, १५ : ४९

काठमाडौं- शेयर बजार शुक्रवारबाट चार दिनसम्म बन्द हुने भएको छ। चार दिनसम्म सार्वजनिक बिदा परेको हुदाँ शेयर बजार बन्द हुने भएको हो।

शुक्रवार निर्वाचनका लागि सार्वजिनक बिदा दिइएको छ । तथापि शुक्रबार शेयर बजार बन्द नै हुने गर्छ। बैशाख ३१ गते शनिवार परेको छ । जेठ १ गते आईतबार परे पनि सरकारले त्यही दिनदेखि आइतवार पनि सार्वजनिक विदा दिने घोषणा गरेकाले बजार बन्द हुने भएको हो ।  जेठ २ गते  सोमबार बुद्ध जयन्ती परेको कारण सार्वजनिक विदा हुने छ।

बिहीबारको कारोबारपछि बजार अब जेठ तीन गते मंगलबार मात्रै र खुला हुने छ।

विहीबार, २९ बैशाख २०७९, १५ : ४९

प्रतिक्रिया