शाओमीको तीन नयाँ इको–सिस्टम उत्पादन नेपाली बजारमा, मूल्य कति ?

१ बर्ष अगाडि

काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमी ले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपालीबजार माल्याएको छ । शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गत को होम सेक्युरिटी क्यामरा घरको सुरक्षाका लागि निम्ति हो भने बाँकी दुई स्मार्ट वाच हरु हुन् । 

लन्चमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, ‘हामीसधैँ सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइस हाम्रो उपभोक्तामाझ ल्याउन प्रयासरत छौँ। हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताका लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक,  राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचर भएको उत्पादन दिन सकौँ ।’ 

उक्त उत्पादनहरुका बारेमा थप बोल्दै पंडाले भने, ‘शाओमी एस वान एक्टिभ फिट्नेसमा रुचि राख्ने व्यक्तिहरुका लागि उपयोगी लेटेस्ट र स्टाइलिस स्मार्ट वाच हो। यसमा १।४३ इन्चको हाई रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाई रिफ्रेस स्क्रिन रहेको छ। यसले चौबीसै घन्टा मुटुको चाल रेकर्ड गर्नुका साथै अन्य ११७ वटा फिट्नेस मोड पनि रहेको छ । नर्मल मोडमा १२ दिन र ब्याट्री सेभर मोडमा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटरप्रुफ पनि छ । खेल प्रेमीका लागि विशेष रुपमा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुका साथै यसमा भएको डुअल ब्यान्ड जीपीएसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ। जसले गर्दा ठेगानाहरु छिटो र सही रुपमा ट्रयाक हुन्छ ।’

यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्च को फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ । जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुका साथै चौबीसै घन्टा मुटुको चाल पनि रेकर्ड गर्छ। वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोड छन् ।

त्यस्तै मिहोम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ । यी क्यामराले ३६० एंगलबाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् । जसले गर्दा घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाइन्छ । 

यसका साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचरले गर्दा जहाँबाट पनिआफ्नो परिवारसँग कुरा गर्न सकिन्छ । यसमा ३२ जीबीसम्म को स्टोरेज छ र यसलाई घरको जुनसुकै कुनामा सजिलैसँग फिट गर्न सकिन्छ । 

शाओमी एस वान एक्टिभ स्मार्ट वाचको मूल्य २२ हजार ९९९ रुपैयाँ रहेको छ भने रेडमी स्मार्ट ब्यान्ड प्रोको मूल्य ६ हजार १९९ रुपैयाँ रहेको छ । त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० को मूल्य ४ हजार ४९९ रहेको छ । यी तीनवटै उत्पादन मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरमा उपलब्ध छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया