काठमाडौँ –नेपाली कांग्रेसका सांसद गगन थापाले आज संसदमा सरकारलाई व्यंग्यात्मक बधाई दिएका छन् ।
संसदको आइतबार बसेको बैठकमा बोल्दै सांसद थापाले डा. गोविन्द केसीलाई पराजित गरेर धेरैलाई खुसी बनाएको भन्दै बधाई दिएका हुन् ।
न्याम्सको नाम मनमोहन अधिकारी राख्न खोज्दा देख्न नपाएको दुई तिहाई अहिले देख्न पाएको भन्दै उनले भने, ‘दुई तिहाईको दम्भ देख्नै पाएका थिएनौं । अनेक ठाउँमा दुई तिहाई देख्न पाइएन । कमरेड मनमोहनका लागि पनि देख्न पाएका थिएनौं । मार्सीमोहनका लागि देख्न पाइयो, सरकारलाई बधाई छ ।’
प्रतिक्रिया