सिटिजन्स बैंकले वेबसाइटमार्फत वित्तीय सेवा प्रदान गर्ने

बुधबार, ०१ असार २०७९, १४ : ४७

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु अझ सहज ढंगबाट परिपूर्ति गर्ने अभिप्रायका साथ वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरुका लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ । 

प्रारम्भिक रुपमा ग्राहकले बैंकमा नगई आफ्नो डिम्याट, मेरो सेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्यूआर कोडलगायतका सेवाहरुका लागि अनलाइनमार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ । 

वेबसाइटमार्फत ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिङको निःशुल्क रेजिस्ट्रेसनरबन्द गर्नरपासवर्ड रिसेट, मेरो सेयरको रजिस्ट्रेसनरनवीकरणरपासवर्ड रिसेट, सीआरएन नम्बर दर्ता तथा जानकारी, क्यूआर कोडको दर्ता/पासवर्ड रिसेटजस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन्। यी सबै सेवा बैंकको वेबसाइटमार्फत Smart Services वा https://servicerequests.ctznbank.com/  मा गएर प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ । 

यस प्रकारका सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। निकट भविष्यमा अन्य थुप्रै सेवाहरुलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ।

बुधबार, ०१ असार २०७९, १४ : ४७

प्रतिक्रिया