काठमाडौं – टी ट्वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको खेलमा नेपालले युएईलाई १०५ रनको चुनौती दिएको छन् ।
नेपालले ८ विकेटको क्षतिमा १ सय ४ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे । सन्दीप जोराले ११ बलमा ३ छक्का प्रहार गर्दै २८ रन जोडे । विनोद भण्डारी १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाए ।
त्यस्तै करण केसी १० रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११,दिपेन्द्र सिंह ऐरी २ र पवन सरार्फ डक आउट भए । सोमपाल कामी र सन्दीपले रन बनाएका थिए ।
प्रतिक्रिया