काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।
रेडमी नोट ११ प्रो मा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनिले घोषणा गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ शाओमीले रेडमी नोट ११ प्रो लन्च गरेको हो ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘शाओमीले स्मार्टफोनहरुको सन्दर्भमा आफ्नो सिमा फराकिलो पार्दै विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरु पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरु स्थापित गरि रेडमी सिरिजलाई देशमा सर्वाधिक बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । हामीले क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्यसम्पादन र पावर–प्याक ब्याट्रीको साथ रेडमी नोट ११ प्रो बजारमा ल्याएका छौँ ।’
उत्कृष्ट फोटोग्राफी प्रदान गर्न फ्ल्यागशिप–स्तरको १०८एमपी क्वाड क्यामेरा
क्यामेराको सन्दर्भमा रेडमी नोट ११ प्रो मा रहेको रियर क्वाड क्यामेरा सेटअपले बिना कुनै सम्झौता उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ ।
हाई– रेजोल्युसन र आश्चर्यजनक रंगहरुमा फोटोहरु क्याप्चर गर्नका लागि १०८एमपी मेन क्यामेरा, ८एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा, ११८– डिग्री भ्युइङ्ग एंगल, २एमपी म्याक्रो क्यामेरा, २एमपीको देप्थ क्यामेरा र १६एमपीको फ्रन्ट क्यामेरा यस फोनमा समावेश गरिएको छ ।
जस्तोसुकै प्रकाशको अवस्था विशेषगरी मधुरो प्रकाशमा अविश्वसनीय फोटो खिच्नका लागि १०८एमपी प्रो–ग्रेडको मेन क्यामेरामा सामसुङ एचएम२, १–१।५२ इन्चको ठूलो सेन्सर साइजको साथ ९–इन–१ पिक्सेल बिनिङ टेक्नोलोजीको साथसाथै डुअल नेटिभ आईएसओ समर्थन गर्दछ ।
६७डब्ल्यू टर्बो चार्जिङ र मिडियाटेक हेलियो जी९६ द्वारा सञ्चालित
रेडमी नोट ११ प्रोमा पावर अपका लागि हेलियो जी९६ प्रोसेसर रहेको छ भने यसको फ्ल्यागशिप ६७डब्ल्यू टर्बो चार्जिङले यसको ५०००एमएएच उच्च क्षमताको ब्याट्री १५ मिनेटमै ५१ प्रतिशतसम्म चार्ज गरिदिन्छ ।
ट्रेन्डी फ्ल्याट–एज डिजाइनमा 120Hz FHD± AMOLED डटडिस्प्ले
20Hz डिस्प्ले रिफ्रेस रेटको साथ 6.67” FHD± AMOLED DotDisplay बिथको साथ रेडमी नोट ११ प्रो ले स्मूथ स्क्रोलिङ र ल्याग–फ्री ट्रान्जिसन सुनिश्चित गर्दछ । ट्रेंडी फ्ल्याट–एज डिजाइनको डिस्प्लेको साथै, यसमा रहेको डुअल सुपर लिनियर स्पिकरहरुको साथमा, रेडमी नोट ११ प्रोले गेमिङ वा भिडियोहरु हेर्नका लागि इमर्सिभ स्टेरियो साउन्ड प्रदान गर्दछ ।
ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लू गरी तीन रंगहरुमा उपलब्ध यी फोन 6GB+128GB and 8GB+128GB गरी दुइवटा स्टोरेज भेरियन्टमा उपलब्ध छन्। जसको मूल्य क्रमशः रु. ३४ हजार ९९९ र रु. ३६ हजार ९९९ रहेको छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।