सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ

बुधबार, २३ माघ २०७५, ११ : ४२

बाँके – प्रहरीले बाँकेको जानकी गाउँपालिका–२ बाट सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ । 

बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेर पछी मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनपुर्ण नाराबाजी गरेपछी प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्य नारायण शाह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव,  रौतहटका बिरेन्द्र शाह र पर्साका सञ्जय कुमार शाह रहेका छन् । 

पक्राउ परेका सिके राउतका कार्यकर्तामाथी राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।

बुधबार, २३ माघ २०७५, ११ : ४२

प्रतिक्रिया