काठमाडौँ – नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला प्रकरणमा सरकार असफल भएको भन्दै अपराधीलाई पनि जोगाउन लागेको आरोप लगाएकी छिन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै संग्रौलाले चाँडो भन्दा चाडो निर्मलाका हत्यारालाई पक्राउ गरियोस भन्दै आग्रह गरिन् । निर्मलाका हत्यारा बालुवाटारमा छन् कि सिंहदरबारमा छन् ? , उनले प्रश्न गरिन्, अपराधीलाई चाँडो भन्दा चाँडो कानुनकी दायरामा ल्याउन सक्नुपर्छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा संलग्नलाई समात्न नसकेको भन्दै चर्को आलोचना गरेका छन् ।
सो बैठकमा गृहमन्त्री रामबहादुर थापासँगको सवाल जबाफसत्रमा सहभागी हुँदै सांसदहरुले निर्मला प्रकरणमा संलग्नलाई सरकारले नै जोगाउन खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा अहिले गृहमन्त्री र सांसदबिच सवाल जबाफसत्र जारी छ ।
प्रतिक्रिया