निर्मलाका अपराधी बालुवाटारमै भए पनि छाडिन्न : गृहमन्त्री बादल

बुधबार, २३ माघ २०७५, १५ : ३३

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा 'बादल'ले निर्मला पन्त हत्या प्रकरणमा अपराधी बालुवाटारमै भएपनि नछाड्ने बताएका छन् । 
आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै गृहमन्त्री बादलले  निर्मला हत्या प्रकरण टुंगोमा पुग्न लागिसकेको बताउँदै अपराधी बालुवाटारमै भए पनि नछाड्ने बताए । थापाले अपराधीहरुलाई कुनै पनि हालतमा छाड्न नसकिने बताउँदै प्रहरीले यसको गम्भीर अनुसन्धान अहिले पनि जारी राखेको जानकारी सांसदहरुलाई दिए ।

मन्त्री थापाले नेपाल प्रहरी अपराध अनुसन्धानमा ९६ प्रतिशतसम्म सफल भएको बताउँदै निर्मला प्रकरणमा पनि असफल हुन सवालै नरहेको दाबी गरे ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले  निर्मला पन्तका हत्यारा बालुवाटारमा छन् कि  सिंहदरबारमा छन् ? भन्दै प्रश्न गरेकी थिईन । 

बुधबार, २३ माघ २०७५, १५ : ३३

प्रतिक्रिया