पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या साढे ५ हजार नजिक

बुधबार, १८ साउन २०७९, १७ : २२

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

३ हजार ९१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा २ हजार ९११ एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यता थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । 

बितेको २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै,सो अवधिमा ५५ हजार ५५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

बुधबार, १८ साउन २०७९, १७ : २२

प्रतिक्रिया