सिक्लेस हाइड्रोपावरको ८ लाख ५० हजार कित्ता आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

१ बर्ष अगाडि

काठमाडौं- सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। 

कम्पनीले गत साउन ६ गतेबाट जारीपुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ स्थानीयका लागि बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको छ। 

यो आईपीओको निष्कासन बन्द छिटोमा आज साउन २० गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको अब भदौ ५ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

यो आईपीओमा कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिकाका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्। यो आईपीओमा स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा माछापुच्छ्रे बैंक मादी शाखा, बैंक अफ काठमाण्डौ पोखरा शाखा, मुक्तिनाथ विकास बैंकको पोखरा शाखा र एनआईसी एसिया बैंक पोखरा शाखाबाट आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया