राजनीतिको आडमा भष्ट्राचार मौलायो : डा. भट्टराई

शुक्रबार, २५ माघ २०७५, ०९ : ३३

मेलम्ची – नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम  भट्टराईले नेपालमा राजनीतिको आडमा भष्ट्राचार मौलाएको बताउनु भएको छ । 

नयाँ शक्ति पार्टी नेपालको जनसंवाद यात्रा–२०७५ अन्तर्गत सिन्धुपाल्चोकको मेलम्चीमा आज भएको कार्यक्रममा उहाँले नेपालको विकास नहुनुमा राजनीतिक आडमा भष्ट्राचार मौलाउँदै जानु प्रमुख कारण रहेको बताउनुभयो । 

भट्टराईले राजनीतिक शुद्धीकरणसहित आर्थिक वृद्धिदर सुधार्न सकेमा पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव भएको बताउनुभएको छ ।

उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका कार्यकर्ता, उद्योगी, व्यवसायी तथा समाजसेवीको उपस्थिति रहेको थियो । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष प्रकाश श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसेलगायतले आफ्नो धारणा राख्नुभएको थियो । 

स्थानीय तहका समस्या र सम्भावना, विकास र समृद्धिको मार्गचित्र, असल राजनीतिज्ञका गुण, सङ्घीयता कार्यान्वयनमा देखापरेका चुनौतीलगायतका विषयमा जनसंवाद कार्यक्रम आयोजना गरिएको नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक भरत अधिकारीले जानकारी दिनुभयो । 

शुक्रबार, २५ माघ २०७५, ०९ : ३३

प्रतिक्रिया