राधेराधे मन्दिर नजिकैको हनुमन्ते खोलामा एक बालिकाको शव

शनिबार, २६ माघ २०७५, १४ : ०७

भक्तपुर – भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित राधेराधे मन्दिर नजिकैको हनुमन्ते खोलामा एक बालिकाको शव फेला परेको छ । 
हनुमन्ते खोलाको पुलमुनी अन्दाजी १०–११ वर्षको जस्तो देखिने बालिकाको शव शनिबार बिहान फेला परेको भक्तपुरका एसपी हिमालय श्रेष्ठले जानकारी दिए । 

केही पहिला काभ्रेबाट शैक्षिक भ्रमणमा आएका एक बालिका हराएको र तिनी अहिलेसम्म फेला नपरेकाले उनै हुन् कि भन्ने आशंका समेत प्रहरीले गरेको छ ।

शनिबार, २६ माघ २०७५, १४ : ०७

प्रतिक्रिया