विश्वप्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्रान्ड डकहम्स पुनः नेपाली बजारमा

१ बर्ष अगाडि

काठमाडौं - विश्वप्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड डकहम्स नेपालको बजारमा पुनः प्रवेश गरेको छ । सन् १८९९ मा स्थापित यो प्रतिष्ठित ब्रिटिश ब्राण्डले लुब्रिकेन्ट बजारमा थुप्रै नवीन प्रविधिको सुरुवात गरेको छ ।  

युरोपकै  पहिलो मल्टी ग्रेड ओयल भनिएको यो ब्राण्ड, स्थापना भएको थोरे समयमै थुप्रै क्लासिक कार ब्राण्डहरु Rolls Royce, Bentley, Austin, Rover जस्ता ब्राण्डहरुको रुचाएको लुब्रिकेन्ट बन्न सफल भएको थियो ।  

एक मात्र हरियो कलरको यो लुब्रिकेन्टले विश्व कार र मोटरसाइकल रेसिङका विभिन्न चरणहरूमा आफूलाई प्रमाणित गरिसकेको छ । यो ब्राण्ड हाई परफरमेन्स ब्राण्डको रुपमा समेत परिचित छ । 

डकहम्स नेपालमा पनि निकै लोकप्रिय भएको र धेरै नेपाली ग्राहकहरूले रुचाएको लुब्रिकेन्ट थियो। स्थानीय अटो मेकानिक्सले यसको प्रिमियम गुणस्तरका कारण डकहम्सलाई विश्वस्तताका साथ सिफारिस गर्नुको साथै अटोमोबाइलको आयु बढाउने लुब्रिकेन्टको  रूपमा विश्वास गरिएको पाइन्छ । 

साथै यस लुब्रिकेन्टलाई “अटोमोबाइल्सका लागि जडिबुटी“ भनेर मेकानिक्सहरुले सम्बोधन गर्ने गरेका छन् । सन् २०१७ मा डकहम्स नयाँ नेतृत्व र नयाँ ब्राण्ड आउटलुकको साथ विश्व लुब्रिकेन्ट बजारमा पुनः प्रवेश गरेको थियो । 

नेपाल प्रमुख बजार भएकाले ब्राण्डलाई सुदृढ पार्न र ब्राण्डप्रति ग्राहकको विश्वास जगाउन ओटेक ट्रेडलाई डकहम्स इन्टरनेशनलले आधिकारिक वितरकको  रूपमा नियुक्त गरेको छ । 

ओटेक ट्रेड विभिन्न क्षेत्रहरूमा  १५ वर्ष भन्दा बढी अनुभव बोकेको प्रमुख व्यापार समूह हो । कम्पनीसँग सूचनाप्रविधि, पूर्वाधार र ऊर्जाको क्षेत्रमा प्रमाणित अन्तर्राष्ट्रिय र घरेलु ट्र्याक रेकर्ड छ । कम्पनीले यूएईबाट डकहम्स लुब्रिकेन्ट सीधै आयात  गर्ने भनिएको छ ।  

उपलब्धताका लागि प्रमुख शहरहरूमा कम्पनीले  डिलरहरू पनि नियुक्त गरिसकेको छ ।एक वर्षअघि सञ्चालन सुरु गरिसकेको भए पनि  देशमा लकडाउनको अवस्थाका कारण औपचारिक शुभारम्भ स्थगित गरिएको थियो ।

इञ्जिन आयल मात्रै नभई ‘फुल पोर्टफोलियो’ का साथ डकहम्सले  प्रिमियम सिन्थेटिक नन्सेन्थेटिक आयल, गियर आयल, हाइड्रोलिक आयल, ग्रिज उपलब्ध गराउनेछ । दुई पाङ्ग्रे रचार पाङ्ग्रे सवारीका साथै दुवै पेट्रोल तथा डिजेल  इन्जिनहरुमा डकहम्स उपयुक्त हुनेमा कम्पनी विश्वस्त छ ।  

ओटेक ट्रेडका कार्यकारी निर्देशकश्री विन्यास न्यौपानेका अनुसार, 'आधुनिक एडिटिभ टेक्नोलोजीयुक्त यो उच्च–गुणस्तरको लुब्रिकेन्टले घर्षण घटाउँदै तपाईंको सवारी साधनबाट उत्कृष्ट परफरमेन्स ल्याउनुका साथै इञ्जिनको आयु पनि बढाउने छ । डकहम्स एक प्रिमियम ब्रान्ड हो जसले  ३० भन्दा बढी देशहरूमा ग्राहकहरूको हरेक आवश्यकता पूरा गरेको छ र ग्राहकलाई सन्तुष्ट बनाएको छ । हामीले नेपालमा पनि नेपाली ग्राहकका लागि उपयुक्त बेस्ट डकहम्स प्रडक्टहरु उपलब्ध गराउनेछौं र दीर्घकालीन ग्राहक सन्तुष्टि, उत्कृष्ट सेवा प्रदानका  लागि हामी हाम्रा ग्राहकहरू र साझेदारहरूसँग नजिकबाट काम गर्नेछौं ।'

१ बर्ष अगाडि

प्रतिक्रिया