भी२५ फाइभजी र भी२५ ई को प्रि–बुकिङ खुला, मूल्य कति  ?

१ बर्ष अगाडि

काठमाडौं - विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी२५ सिरिजका स्मार्टफोनहरु – भी२५ फाइभजी र भी२५ ई को प्रि–बुकिङ खुला गरेको छ । 

ग्राहकहरुले सेप्टेम्बर ४ देखि ७ सम्म (भदौ १९ देखि भदौ २२ गते सम्म) भी२५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी२५ फाइभजीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी२५ ई को प्रि–बुकिङमा एंकर यूआई नेकब्यान्ड पाउँन सक्नेछन् । 

भी सिरिज उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन र अपग्रेडेड विशेषताहरुको साथ आउँछ। बहुप्रतिक्षित भी२५ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ । 

भी२५ र भी२५ई दुबैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ । जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै दुवै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भी२५ सिरिज हल्का तौल र स्टाइलिश डिजाइनमा उपलब्ध हुनेछ । 

भी२५ श्रृंखला, भिभोको भी श्रृंखलाको नयाँ स्मार्टफोन हो जसले उत्कृष्ट क्यामेरा क्षमताहरु प्रदान गर्दछ र प्रयोगकर्ताहरुलाई स्पष्ट र स्थिर तस्वीरहरु खिच्न मद्दत गर्दछ । भी २५ फाइभजी र भी२५ई दुवैमा ६४एमपी ओआईएस ९अप्टिकल इमेज स्टेबलाइजेसन० अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ । 

त्यस्तै भी२५ फाइभजीमा ५०एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ । यसका साथै भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरुलाई फोटोग्राफी अनुभव पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ ।

भी२५ सिरिजको दुवै स्मार्टफोनहरुमा शक्तिशाली प्रोसेसरहरु छन्, भी२५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी२५ई मा मिडिया टेक हेलियो जी९९ प्रोसेसर प्रयोग गरिएको छ । भी२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ। यसका साथै स्मुद अनुभवका लागि भी२५ सिरिजमा ८जीबी र्याम र १२८ जीबी रोम रहेको छ जसमा ८जीबीको एक्सटेन्डेड र्याम पनि रहेको छ ।  

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोले फोटोग्राफी केन्द्रित ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। भी२५ सिरिजले आफ्ना प्रयोगकर्ताहरुलाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्दछ । दुवै स्मार्टफोनहरु, भी२५ फाइभजी र भी२५ई ले सेग्मेन्टकै उत्कृष्ट विशेषताहरु र चौतर्फी अनुभव प्रदान गर्दछ जसका लागि फ्यानहरुले भी सिरिजलाई व्यापक रूपमा मन पराएका छन् । भी२५ शृंखलामा हामीले अत्याधिक रुचाइएको कलर चेन्जिङ ग्लास डिजाइन ल्याएका छौँ। धेरै प्रशंसा र मायाको साथ, भी२५ सिरिज अब नेपालभर प्रि–बुकिङको लागि खुला गरेका छौं । भिभो फ्यानहरुले यसलाई पनि धेरै मन पराउनु हुनेछ भन्ने हामी आशावादी छौँ ।’ 

नयाँ स्मार्टफोेन खोजिरहेको सबैका लागि, भी२५ फाइभजी दुईवटा कलर भेरियन्ट –अक्वामेरिन ब्लू र डायमन्ड ब्ल्याकमा उपलब्ध हुनेछ र यसको मूल्य रु। ५२ हजार ९९९ रहेको छ । भिभो भी२५ ई को मूल्य रु. ४२ हजार ९९९ रु छ र यो दुई कलर भेरियन्ट–सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ । भी२५ सिरिज ४ सेप्टेम्बरदेखि ७ सेप्टेम्बरसम्म प्रि–बुकिङका लागि खुला गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया