नोकिया जी११ प्लस सर्वजनिक, मूल्य कति ?

१ बर्ष अगाडि

काठमाडौं - नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी११ प्लस सर्वजनिक गरेको छ । जी–सेरिजको सफलता संगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरु, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ ।

एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइस भने, ‘प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसहरुले आफ्नो स्मार्टफोनलाई लामो समयसम्म प्रयोग गर्ने गरेका छन् । नयाँ नोकिया जी११ प्लसमा उपभोक्ताहरुलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरु र एन्ड्रोइडका तीन संस्करणहरु सुनिश्चित गरिएको छ।  हामी हाम्रो गुणस्तरीय निर्माणमा प्रतिबद्ध हुन पाउँदा गर्व गर्छौं ।’

इन्डस्ट्री–लिडिङ अपडेटहरु
अरु स्मार्टफोनभन्दा दुई गुणा धेरै सुरक्षा अपडेटहरु भएको नोकिया जी११ प्लसले प्रयोगकर्ताको अनलाइन गतिविधिहरु हरदम सुरक्षित छन् भन्ने सुनिश्चित गर्दछ । यसमा फिंगरप्रिन्ट र फेस अनलक दुबै समर्थिन गर्ने मास्क मोडको साथ, दैनिक प्रयोग अझ सुविधाजनक भएको छ ।

यसमा प्रयोगकर्ताको इन्टरफेसबाट स्क्रोल गर्न मिल्ने स्क्रिनसटहरु अनि भर्खरको एन्ड्रोइड १२ को सबै सुबिधाहरु लिन सकिने छ । 

सुलभ मूल्यमा प्रिमियम डिजाइन
नोकिया जी११ प्लस स्लिम नर्डिक डिजाइनमा तीन दिन लगातार चल्ने ब्याट्री जडान गरिएको छ । जसले प्रयोगकर्तालाई पूरै हप्ता बिना कुनै चिन्ता फोन प्रयोग गर्न मद्दत गर्दछ । 

नोकिया फोनहरुमा मात्र उपलब्ध सुपर ब्याट्री सेभरले प्रयोगकर्तालाई आवश्यक परेको बेलामा थप केही घण्टाको प्रयोग सुनिस्चित गर्दछ । पोली कार्बोनेट बडी भएको फ्लिप कलर फिनिसमा उपलब्ध यो फोनमा प्रकाशको अवस्थाअनुसार रङ परिवर्तन हुन्छ ।

उत्कृष्ट फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा 
यसमा रहेको एआई टेक्नोलजिद्वारा सहयोग गरिएको ५०एमपी क्यामेराले प्रयोगकर्तालाई यादगार पलहरु कम प्रकाशमा पनि सहज रुपमा खिच्न मद्दत गर्दछ । जी–सिरिजमा रहेको ९०एचजेड पावरका साथ तस्बिरहरु प्रस्ट देखिनुका साथै ६.५ इन्च एचडी डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट तस्बिरहरु सुनिश्चित गर्दछ ।  

मूल्य र उपलब्धता
३/६४ जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु. १९ हजार ४९९ रहेको छ । निलो रङमा उपलब्ध नोकिया जी११ प्लस आजबाट नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया