३ महिनामा कच्चा तेलको मूल्य ३० डलरले घट्यो

एजेन्सी- पछिल्लो तीन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा लगभग ३० डलरले तल झरेको छ। 

जुनको सुरुदेखि नै अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलरले घटेको हो। 

सोमबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुड ९७ सेन्ट बढेर ९२.३२ डलर प्रतिब्यारेल पुगेको थियो। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ८४ सेन्टले बढेर ८५.९५ डलर प्रतिब्यारेल पुगेको छ। 

अमेरिका र धेरै युरोपेली देशहरुमा मन्दीको संकेत तथा चीनमा कोरोना संक्रमित बढेसँगै आर्थिक गतिविधि प्रभावित हुने सम्भावना छ। यसले आगामी दिनमा तेलको माग अझै प्रभावित हुने विज्ञहरु बताउँछन्। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया